पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ मा आयोजित वडा खेलकुद महोत्सवमा बिहीबार विभिन्न खेल सम्पन्न भएको वडा सचिव युवराज पौडेलले जानकारी दिए ।
विद्यालय फुटबल तर्फ हार्वड एकेडेमी र गोल्डेन फ्युचरबीचको खेलमा हार्वड एकेडेमी विजयी भएको छ । रेम्बो एकेडेमी र थ्री एन्जल बीचको खेलमा रेम्बो एकेडेमी विजयी हुँदा विभूति शिक्षा सदन र एस ओ एस बीचको खेलमा एस ओ एसले बाजी मार्यो । नेपाल भारत मैत्री विद्यालय र वेलनन् एकेडेमी बीचको खेलमा वेलनन् एकेडेमी बिजयी भयो भने मेरी गोल्ड र हार्वड एकेडेमी बीचको खेलमा हार्वड एकेडेमी बिजयी बनेको थियो । अब सेमिफाइनल खेलमा रेम्बो एकेडेमी र एस ओ एस तथा वेलनन् र हार्वड एकेडेमीबीच प्रतिष्पर्धा हुने वडा सचिव पौडेलले जनाए ।
क्लब फुटबलतर्फ प्रतिभा टोल विकास संस्था टोल र शिवशक्ती टोल विकास संस्थाबीचको खेलमा प्रतिभा टोल विकास संस्था बिजयी बनेको छ । सङ्गम टोल विकास संस्था र ठुली मजुवा युवा क्लब बीचको खेलमा सङ्गम टोल विकास संस्था बिजयी बन्दा फलेपाटन टोल विकास संस्था र गण्डकी रिभर साइड युवा क्लबमा फलेपाटन टोल विकास संस्था बिजयी बनेको छ ।
खेलकुद महोत्सवमा आयोजित महिला भलिबलतर्फको पहिलो सेमिफाइनल खेल जनजागृति आमा समूह र चेतना महिला कृषक समूहबीच भएको थियो । खेलमा जनजागृति आमा समूह बिजयी बनेको छ । यस्तै सङ्गम टोल महिला समूह र एकता आमा समूह बीचको दोस्रो सेमिफाइनल खेलमा एकता आमा समूह बिजयी बनेको छ । फाइनल खेल जनजागृति आमा समूह र एकता आमा समूह बीच माघ ५ गते १२ बजे सञ्चालन हुनेछ ।
बिहीबारनै भएको पुरूष भलिबल तर्फको तल्लो सिमलबोट टोल विकास संस्था र तल्लो नयाँ गाउँ टोल विकास संस्था बीचको खेलमा तल्लो नयाँ गाउँ टोल विकास संस्था बिजयी भए । पुरूष भलिबल तर्फको पहिलो सेमिफाइनल खेल चन्द्र सूर्य क्लब र गलेश्वर युवा क्लब बीचको खेलमा चन्द्र सूर्य क्लब बिजयी भयो भने आदर्श टोल विकास संस्था र तल्लो नयाँ गाउँ टोल विकास बीचको दोस्रो सेमिफाइनल खेलमा तल्लो नयाँ गाउँ टोल विकास विजय बनेको छ । अब माघ ४ गते दिउँसो १ बजे चन्द्र सूर्य क्लब र तल्लो नयाँ गाउँ टोल विकास संस्थाबीच फाइनल खेल हुनेछ ।
पोखरा १५ ले माघ २ गतेबाट सुरु गरेको महोत्सव माघ ६ गतेसम्म चल्ने वडाध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए । खेल महोत्सवमा फुटबल, भलिबल, ब्याडमिन्टन, ह्वीलचेयर क्रिकेट, रस्साकस्सी, दौड, साइक्लिङ, युनी हक्की लगायतका खेल समावेश गरिएको संयोजक आशिष भण्डारीले जानकारी दिए । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’ भन्ने नाराका साथ खेलकुद महोत्सव आयोजना गरिएको हो ।
