पोखरा । शैक्षिक गुणस्तर सुधार र प्रविधिमैत्री सिकाइमा पहुँच वृद्धि गर्न पोखरा महानगरपालिका वडा नम्बर ३१ पचभैया स्थित अमरसिद्ध नमुना माध्यमिक विद्यालयमा कम्प्युटर ल्याबको स्थापना गरिएको छ ।

उक्त ल्याबको गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले समुद्घाटन गरेका हुन् । समुद्घाटन कार्यक्रममा बोल्दै अधिकारी प्राप्त प्रविधिको उचित रुपमा प्रयोग गर्नको लागि आग्रह गरे । पछिल्लो समयमा विद्यालयको शैक्षिक स्तर सुधार गर्नको लागि प्रविधिको प्रयोग अनिर्वाय भएकोले प्राप्त सहयोग पश्चात विद्यालयको शैक्षिक स्तर थप वृद्धि हुने विश्वास व्यक्त गरे ।

 ल्याब स्थापनाको लागि बिसि कार्ड र जिएमई कोरियाले आर्थिक सहयोग गरेका थिए । चाइल्ड फन कोरिया र ग्रामीण युवा सरोकार केन्द्र नेपालको साझेदारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । यस अन्तरगत विद्यालयलाई २० वटा कम्प्युटर, २ थान ल्यापटप, एकथान डिजिटल बोर्ड, ३ थान स्मार्ट टिभी, ४ वटा सिसिटिभी क्यामेरा, फर्निचर, कार्पेटिङ, पर्दा, वैकल्पिक ऊर्जाका लागि ब्याकअप ब्याट्री र इन्टरनेट जडान गरिएको छ ।

विद्यालयमा अध्यापनरत शिक्षकहरूका लागि तीन दिने तालिम समेत सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0