पोखरा । कास्कीमा नेपाल विद्यालय खेलकुद महासङ्घ जिल्ला कार्यसमिति गठन गरिएको छ । पोखराको चाउथेमा रहेको पोखरा पब्लिक स्कुलका संस्थापक तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला महासङ्घ गठन गरिएको हो ।

महासङ्घको उपाध्यक्षमा शिवप्रसाद भण्डारी (वाराही मावि), सचिवमा डाक्टर टेकनारायण पौडेल (हिमालयन बोर्डिङ स्कुल), कोषाध्यक्षमा शर्मिला पौडेल पोख्रेल (एस‌ओएस हर्मन माइनर) चयन भएका छन् । सदस्यहरुमा हेमन्त अधिकारी, राजेश गुरुङ, आनन्दराज अधिकारी, कृष्णप्रसाद सापकोटा, विग्नेश थापा, मनबहादुर कुँवर मनकाजी गुरुङ र चिनबहादुर रानाभाट चयन भएको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए ।

महासङ्घमा सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका सबै संस्थाहरूलाई महासङ्घमा समेटिएको अध्यक्ष केसीले बताए । नेपाल विद्यालय खेलकुद महासङ्घको साधारण सभा तथा निर्वाचनको लागि कास्कीबाट जिल्ला अध्यक्ष कृष्ण केसीलाई प्रतिनिधिका रुपमा सिफारिससमेत गरिएको छ । जिल्ला खेलकुद विकास समितिको रोहबरमा शुक्रबार भएको भेलाले जिल्ला कार्यसमिति चयन र केन्द्रीय प्रतिनिधि चयन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0