काठमाडौँ । विद्यालय तहका बालबालिका र स्वतन्त्र पाठकका लागि गुणस्तरीय पुस्तक कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा लेखक, प्रकाशक, अनुवादक लगायत सम्बद्ध सरोकारवालाबीच मङ्गलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  विद्या भट्टराईले २०६४ सालदेखि अध्ययन गरी तयार पारिएको पुस्तक नीतिको मस्यौदालाई बहुपक्षीय छलफल गरी आवश्यकता अनुसार परिमार्जन सहित  स्वीकृत  गरिने बताइन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रुम टु रिडको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा बालपुस्तक विकास तथा छनोट सम्बन्धी मापदण्ड २०८१ माथि पृष्ठपोषण सङ्कलन गरिएको बताइएको छ ।  कार्यक्रममा राष्ट्रिय पुस्तक नीति २०८१ माथि अन्तरक्रिया समेत गरिएको शिक्षा मन्त्रालय स्रोतले उल्लेख गरेको छ।

 अन्तरक्रियामा पुस्तक लेखन र प्रकाशनलाई व्यवस्थित गर्दै सिक्ने सिकाउने कुरालाई संस्कारका रूपमा विकास गर्न विविध सुझाव प्राप्त भएका छन । सम्पूर्ण सुझावलाई समेटेर राष्ट्रिय पुस्तक नीतिलाई अन्तिम रूप दिइने मन्त्रालयले जानकारी दिएको छ।। कार्यक्रममा मन्त्रालयका सचिव, सहसचिव, प्राध्यापक, लेखक, प्रकाशक, वितरक, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0