लेखनाथ। गण्डकी प्रदेश भित्र रहेका २४ वटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सहितको प्रतिनिधिको प्रदेश स्तरीय गोष्ठी यही असोज ११ गते शुक्रवार लेखनाथमा हुने भएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको गोष्ठीमा समग्र गण्डकी प्रदेशको पर्यटकीय सम्भावना तथा विकासका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरि कार्ययोजनाका बारेमा घोषणा पत्र नै तयार गर्ने उद्देश्य राखिएको सङ्घका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी, गण्डकी प्रदेश भित्र रहेका २४ वटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष, उपाध्यक्ष र महासचिव, पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि, पर्यटन विज्ञको सहभागिता रहने गोष्ठीको उद्‌घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री माननीय सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय गरिएको भेला आयोजक समितिका संयोजक तथा लेखनाथ उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका छन् ।

पर्यटकीय सम्भावना तथा विकास सम्बन्धी गोष्ठीमा पर्यटन विज्ञ श्रीकान्त शर्मा खतिवडाले कार्यपत्र प्रस्तुत गरिने बताईएको छ । उक्त कार्यक्रमका लागि सबै सङ्घसंस्था तथा पर्यटन विज्ञहरूलाई निमन्त्रणा तथा गोष्ठीको पूर्व तयारी सम्पन्न भइरहेको सङ्घका महासचिव जानुका पराजुली अधिकारीले जानकारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0