पोखरा । युआरएल फाउन्डेसनद्वारा सञ्चालित राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार र लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्न प्रतिभा छनोट समिति गठन भएको छ । फाउन्डेसनको बैठकले पत्रकारिता पुरस्कारका लागि प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक र लाइफ टाइम अचिभमेन्ट अवार्डका लागि वरिष्ठ जनरल सर्जन प्रा.डा अर्जुन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिका सदस्यमा स्वास्थ्य गुणस्तर विज्ञ सुशील थापा, युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला र पूर्व पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठ र पत्रकार फडिन्द्र अकिञ्चन छन् ।

नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्ने एक प्रतिभालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अर्पण गर्ने गरिएको छ । गत वर्षबाट प्रदान गर्न थालिएको यो अवार्डबाट पहिलो पटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्रा.डा बुद्धिबहादुर थापालाई सम्मान गरिएको थियो ।

सुरुआतमा युआरएल पत्रकारिता पुरस्कारका रुपमा सञ्चालित पुरस्कार भने गत वर्षबाट ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’मा रूपान्तर गरिएको हो । यो पुरस्कारबाट गत वर्ष दीपेन्द्र श्रेष्ठ सम्मानित भएका थिए । पुरस्कार राशि ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्र छ ।

गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले युआरएल फाउन्डेसन सामाजिक सेवाका लागि स्थापना र प्रवर्द्धन गरेको हो । युआरएलको ११ औं वार्षिकोत्सवमा मंसिर २३ गते हुने समारोहमा अवार्ड र पुरस्कार अर्पण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0