पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सन कास्कीको नवौँ जिल्ला अधिवेशनबाट मनकाजी गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
नवौँ जिल्ला अधिवेशन–२०८३ बाट वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेशराज पौडेल र सहकोषाध्यक्षमा अर्जुनप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा अर्जुनप्रसाद पाण्डे, ज्ञानन्द्रबहादुर थापा, तोलाकान्त न्यौपाने, दीपु भारी, रुद्रप्रसाद अधिकारी, देव क्षेत्री र माधवशरण पौडेल चयन भएका छन् । माछापुच्छ्रे गाउँपालिकाबाट सोमनाथ पौडेललाई पदेन सदस्य तथा हेम रानाभाटलाई मनोनित सदस्यका रूपमा राखिएको छ ।
नेसनल प्याब्सन कास्कीले निजी तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयबीच सहकार्य तथा शिक्षक–विद्यार्थीको क्षमता विकासलगायतका क्षेत्रमा काम गर्दै आएको छ । नयाँ नेतृत्वले निजी विद्यालयका साझा समस्या समाधानसँगै शैक्षिक क्षेत्रको सुधार र संस्थागत विकासमा प्राथमिकता दिने अपेक्षा गरिएको छ । निर्वाचन समितिको संयोजकमा विष्णु पराजुली र सदस्यमा राम थापा तथा युवक लामिछाने रहेका थिए ।















