पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको आसन्न ३६औँ अधिवेशनका क्रममा कार्यसमिति सदस्य पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आठ जना उम्मेदवारहरूको घरदैलो कार्यक्रममा व्यवसायी भने ‘व्यावसायिक हकहित, कर तथा पिरमर्काका सबै विषय बुझेको यो सदस्यको समुहबाट सङ्घलाई अझै सबल बनाउन सक्ने आशा पलाएको बताएका छन् ।

कुनै पनि अध्यक्षको प्यानलमा नबसी स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका कार्यसमिति सदस्यका उम्मेदवारहरू अमृत पोखरेल, सूर्यराज घिमिरे (सुरेश), दुर्गा बराल, नवीन नापित, मनोहरी पौडेल, राम कँडेल, कमलबहादुर सुनार र भानुभक्त अधिकारीले चुनावी प्रचारप्रसार तथा घरदैलो अभियान कार्यक्रम काँहुखोला, माटेपानी,रानीपौवा,नदीपुर,चाउथे,बिरौटा, छोरेपाटन लगायतका क्षेत्रमा गरिएको घरदैलो कार्यक्रमका क्रममा मतदाता व्यवसायीहरूले प्यानलरहित स्वतन्त्र उम्मेदवारी दिएकोमा स्वागत गरेका छन् ।

आठै जना सदस्यका उम्मेदवारहरूले व्यवसायीहरूको वास्तविक समस्याहरू सम्बन्धित ठाउँमा लाने यो समूह रहेकोले आफूहरूलाई मतदान गरि विजयी बनाउन मतदातासमक्ष अनुरोध गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0