पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको आसन्न ३६ औ अधिवेशनमा स्वतन्त्ररूपमा कार्यसमिति सदस्य पदमा उम्मेदवार रहेका ८ उम्मेदवारहरूलाई व्यवसायीको मतदाताहरूको बलियो समर्थन रहेको देखिएको छ ।
पोखराको महेन्द्रपुल,नयाँबजार,न्युरोड,
घरदैलो कार्यक्रममा सदस्यका उमेदवारहरू अमृत पोखरेल, सूर्यराज घिमिरे (सुरेश) दुर्गा बराल, नविन नापित, मनोहरि पौडेल, राम कँडेल, कमल बहादुर सुनार, भानुभक्त अधिकारी सहभागी भएका थिए ।
सदस्यका ८ उम्मेदवारहरूले व्यावसायिक हकहितको संरक्षण, कर प्रणालीमा सुधार, बजार चलायमान बनाउने जस्ता प्रतिवद्धतासहित चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् ।















