पोखरा । कास्की–१ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर क्षेत्रीअधिकारीले पोखरा महानगरपालिका–२८ का मतदातासँग भेटघाट गरेका छन् । उनी आइतबार आफ्नो जन्म वडा पुगेका हुन् ।

आफ्ना गाउँबासी मतदाताबाट उनले निकै भव्य स्वागत पाए । ठाउँ–ठाउँमा उनलाई माला, टीका लगाउन तँछाडमछाडको परिस्थिति बन्यो ।  उनले पोखरा–२८ कै मतदाताले जिताउँदा यसअघि जिल्ला समन्वय समिति कास्कीको प्रमुख हुने अवसर पाएको र फेरि आफ्ना गाउँवासीले भारी मत दिने विश्वास व्यक्त गरे ।

‘यहीँ जन्मे–हुर्केको मान्छे हो । तपाईंहरूकै भान्सामा खाएको, सधैँ यहीँ भेटिने, यहीँ काम गरेको मान्छे हो,’ उनले भने, ‘यो हाम्रो गाउँका लागि अर्को अवसर हो । गाउँले मलाई निकै भारी मत दिन्छ भन्ने विश्वास छ ।’

आफू कुनै पदमा नहुँदा पनि गाउँको विद्यालय, सडक निर्माण, खानेपानी आयोजना निर्माणमा निरन्तर खटिएको उनले सुनाए । वडाभित्र केही ठाउँमा अझै खानेपानीको समस्या रहेको र समाधान गर्ने उनले प्रतिबद्धता जनाए ।

पोखराका पूर्वमेयर मानबहादुर जिसीकै पहलमा कालिकासम्म पुग्ने सडक कालोपत्रे भएको उनले स्मरण गरे । पोखरा–२८ मा एमालेकै पहलमा स्मरणयोग्य धेरै काम भएको भन्दै उनले भारी मत पाउने विश्वास व्यक्त गरे ।  एमालेले सोमबार पोखरा–१० मा घरदैलो गर्ने तयारी गरेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0