पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशन मंसिर २० गते शनिबार पोखरामा हुने भएको छ । अधिवेशनलाई भव्य बनाउन तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएका छन् ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकोले चासोका साथ हेरिएको छ । यसपालीको अधिवशेनमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको श्रोतको भनाइ छ ।
सातौँ साधारणसभा सहितको अधिवेशनमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्मान कार्यक्रम आयोजना गरिनेअध्यक्ष राजन कार्कीले जानकारी दिए ।
सोही कार्यक्रममा प्रतिष्ठान गण्डकीले वर्षेनी प्रदान गर्ने तीर्थसागर स्मृति पत्रकारिता पुरस्कार २०८२ अर्पण समेत गरिनेछ । कार्यक्रम बिहान ११ बजेबाट पोखरा न्युरोडको सिटी पार्टी प्यालेसमा हुने अध्यक्ष कार्कीले जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रतिष्ठानमा आवद्ध लोकदोहोरी कलाकार सहित शुभचिन्तकहरुको सहभागिता रहनेछ । प्रतिष्ठानका जिल्ला अधिवेशन सकेर प्रदेश अधिवेशन गर्न लागिएको हो । प्रदेश अधिवेशन प्रश्चात प्रतिष्ठानको केन्द्रीय अधिवेशन हुनेछ ।










