पोखरा । फिस्टेल आईभिएफ इण्ड फर्टिलिटि सेन्टरले आफ्नो स्थापनाको पहिलो एक वर्ष सफलतासाथ पूरा गरेको छ । फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरको भगिनी संस्थाको रुपमा २०८१ मंसिर ३ गते स्थापना भएको फिस्टेल आईभिएफले स्थापना भएको एकएक वर्ष पूरा गरेको उपलक्ष्यमा वार्षिक प्रगति र आगामी लक्ष्यका बारेमा एक सेलिब्रेसन कार्यक्रम आयोजना गरी जानकारी दिएको छ ।
फिस्टेल आईभिएफ अन्तराष्ट्रिय स्तरको सेवाका लागि प्रतिवद्ध रहि अत्याधुनिक प्रविधिसहित स्थापना भएको हो । आधुनिक प्रविधि, अनुभवी चिकित्सक र सेवामा समर्पित टिमसहित निःसन्तानपनका बारेमा अन्तराष्ट्रिय सेवाहरू दिईरहेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.अनु हिराचनले बताइन् ।
निःसन्तानपनको समाधान सधैं आईभिएफ नै हुनुपर्छ भन्ने होईन । उनले भनिन्, तर प्रत्येक दम्पनीको समस्या फरक हुन सक्छ । यसको बारेमा हामी विशेषज्ञसंगै परामर्श गरेर समस्या पहिचान गरेपछि उपचारको विधिमा जान्छौं । हामीले एक वर्ष सफलतासाथ पूरा गरेका छौं । ६० प्रतिशत उपलब्धि हासिल गरेका छौँ । डा.अनुले भनिन्, यो एक वर्षको उपलब्धीलाई सेलिब्रेसन मात्रै हैन । आगामी दिनमा अझै सफलतालाई ६० प्रतिशतबाट माथि लैजाने हो ।
सेवाको अनुभव सुनाउँदै उनले गण्डकी प्रदेश मात्र नभई काठमाडौँ, लुम्बिनी, कर्णाली, युके, पोर्चुगल, पोल्याण्ड, हङकङ लगायतका देशबाट आएकाहरूले सेवा लिएको बताइन् । यो सुरुआती चरण हो । अब हामी सेवाका लागि नेपालमै लिडिङ फर्टिलिटि सेन्टरको रुपमा पुग्ने लक्ष्यमा छौँ । यस कार्यमा उनले डा.राजिव लालचन, परिवार, फिस्टेल हस्पिटलका अध्यक्ष अशोक पालिखे, डाक्टरहरू, सिस्टर सबैको सहयोग मिलेको बताइन् । हामीले यात्रा मात्रै सुरु गरेका छौँ । यो एक वर्षको मात्रै नभई यात्रा लामो छ ।
फिस्टेल अस्पतालका अध्यक्ष अशोक पालिखेले आईभिएफ खोलेको एक वर्षमा डा.अनुसहितको टिमले उत्कृष्टता हासिल गरेकोमा निकै खुसी लागेको बताए । उनले यो उपलव्धिले हस्पिटलमा थप सेवाहरू थप्नका लागि उत्साहित बनाएको बताए । उनले भने, अब हामी दुई तिन हप्तामै हेयर ट्रान्सप्लान्टको सेवा सुरु गर्ने तयारी गर्दैछौँ । ३९१ जनाको जाँच गरिएकोमा ९१ जनामा सफलता मिलेको र ३ वटा बच्चाको जन्म भइसकेका छन् । परिवारमा खुसी प्राप्त भएको छ । मेरो अपेक्षा छ अब फिस्टेल आईभिएफको सफलताको दर ७०, ७५ पुग्नेछ यसमा हाम्रो लागिरहेको छ ।
पालिखेले फिस्टेल अस्पताललाई हामीले अझै उन्नत बनाउने सोंचमा रहेको बताएका छन् । उनले पोखरा १४ मा १२ रोपनी जग्गा लिईसकेको र त्यहाँबाट विशेष अस्पतालको सेवा सुरु गर्ने लक्ष्यमा रहेको बताए । उनले पोखरालाई स्वास्थ्यको हबको रुपमा विकास गर्नुपर्छ यसको एउटा महत्वपूर्ण रोल हामीले पनि खेलिरहेका छौँ ।
पोखरा वडा नं ४ का सदस्य प्रकाश कोईरालाले आफ्नै वडामा भएको फिस्टेल हस्पिटलमा निःसन्तानपनको उपचार र पाएको सफलता सबैका लागि खुसिको कुरा भएको बताए । सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले सेवामा प्रविधि र भानविय भावना जोडिएको हुन्छ भन्दै सेवाको बिस्तार धेरै सामु र सबैको पहुँचमा पुगोस् भन्ने आशा व्यक्त गरे ।
पूर्व अध्यक्ष डा.भाईरत्न शाक्यले फिस्टेल आईभिएफका लागि हामीले ३ वर्षको कसरत गरेको बताए । सुरुमा के होला ? कस्तो होला भन्ने लागेको थियो । उनले भने, स्थापना भएको एक वर्षमा पाएको सफलताले हामीलाई निकै उत्साहित बनाएको छ ।












