पोखरा । पोखरामा रिडर्स अपरच्युनिटी मेला सुरु भएको छ । हिमालय रिडर्स कर्नर पोखराले दशैँको छेको पारेर पठन संस्कृतिमा रूचि राख्ने पाठकलाई ध्यान दिँदै बुधबारदेखि मेला सुरु गरेको हो । विगतको वर्ष जसरी नै यो वर्ष पनि पुस्तकमा दशैँ विशेष छुट राखिएको सञ्चालक विजय भण्डारीले बताए । 

मेलामा १ हजार ९ सय ९९ सम्मको किताब खरिदमा १० प्रतिशत, २ हजार देखि ३ हजार ४ सय ९९ सम्मको खरिदमा १५ प्रतिशत, ३ हजार ५ सय देखि ४ हजार ९ सय ९९ रुपैयाँ सम्मको खरिदमा २० प्रतिशत छुट पाइनेछ । यसका अलावा केही पुस्तकमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको सञ्चालक भण्डारीले बताए । ‘रिडर्स अपरच्युनिटी मेला’ नामले नै पाठकले ‘अपरच्युनिटी’ पाउने बेला हो भन्दै यसको फाइदा लिन उनले आग्रह गरे ।  

पछिल्लो समय मानिसहरूमा पठनसंस्कृति पुनः जागृत हुँदै आएको र कथामा भन्दा गैरआख्यान सम्बन्धी किताबप्रति पाठकहरूको आकर्षण देखिने गरेको सञ्चालक भण्डारीले बताए । उमेर समुहमा हेर्दा ३० वर्षमुनिका युवाहरूमा भने पुस्तकप्रति आकर्षण कम देखिएको उनले बताए । पठनसंस्कृतिलाई दिगो बनाउन जेनजीको रुपमा परिचित नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने भण्डारीले बताए ।

दशैँ तिहारको समयमा मानिसहरु फुर्सदिलो हुने भएकाले पनि पाठकको समयलाई मध्यनजर गरेर विशेष छुटसहित मेला आयोजना गरिएको जनाईएको छ । आजदेखि सुरु भएको मेला असोज १३ गते  फूलपाती सम्म सञ्चालन हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0