पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले मंगलवार एक कार्यक्रमको आयोजना गरी खेलाडीलाई सम्मान गरेको छ ।

याला सितोरियो कराँते- डोद्वारा आयोजित प्रथम शेरबहादुर देउवा कप, राष्ट्रिय कराँते च्याम्पियनशीप २०२५ मा विजयी कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी सन्ध्या रम्तेललाई विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले सम्मान गरेका हुन् ।

गत अप्रिल २४ देखि २६ सम्म सातदोबाटो एकेडेमी, ललितपुरमा सम्पन्न च्याम्पियनशीपमा सन्ध्या रम्तेल कास्की जिल्लाबाट टिम काता महिलातर्फ छनोटमा परेकी थिइन् । देशव्यापी रुपमा सञ्चालन भएको प्रतियोगितामा रम्तेलले तेस्रो स्थान हासिल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0