पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले  माध्यमिक शिक्षा परीक्षा एसइइ २०८१ मा उत्रिर्ण विद्यार्थीलाई लक्षित गरेर करियर काउन्सिलिङ  कार्यक्रम आयोजना गरेको छ । मङ्गलबार पृथ्वीनारायण क्याम्पस पोखरामा आयोजना गरिएको कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व डिन डा. अमर नागिला, नेकपा एमाले उर्जा विभागका केन्द्रिय सचिव पुष्प ज्योति ढुङ्गाना, नबिल बैङ्क पोखरा शाखाका प्रबन्धक प्रदिप पहारी, अनेरास्ववियु अध्यक्ष डा. सुजन कडरिया वक्ताका रुपमा रहेका थिए । उनीहरूले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको लागि गर्नुपर्ने कार्यको बारेमा परामर्श दिदैँ उज्ज्वल भविष्यको कामना गरे ।  

सोही कार्यक्रम मार्फत  माध्यमिक शिक्षा परीक्षा एसइइ २०८१ मा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान समेत गरियो । विद्यार्थीहरूलाई अनेरास्ववियुका अध्यक्ष डा.सुजन कडरिया, नेकपा एमाले उर्जा विभागका केन्द्रिय सचिव पुष्प ज्योति ढुङ्गाना, नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य, अनेरास्ववियु  लेखा आयोगका पूर्व अध्यक्ष सुनिल तिमिल्सिना, अनेरास्ववियु कास्की अध्यक्ष सन्तोष पोखरेललगायतले सम्मान गरेका हुन् ।  

कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका अध्यक्ष डा. कडरियाले एसइइ उत्रिर्ण विद्यार्थीले आगामी शैक्षिक यात्राका लागि अझै मेहनत गर्नुपर्ने बताए ।  विद्यार्थीहरू छात्रवृत्तिका लागि सफल हुन सकेको खण्डमा अभिभावकलाई पर्ने आर्थिक भारबाट जोगाउन सकिने भएकाले आजदेखिनै त्यसको तयारीमा जुट्न आग्रह गरे । अहिलेदेखि नै विद्यार्थीहरूले मेहनत गर्न सकेको खण्डमा आगामी यात्रा सुखद हुने उनको भनाइ थियो । आफू चिकित्सा क्षेत्रमा रहेको भन्दै यहीं क्षेत्रमा आउनको लागि पनि आजैबाट मिहेनत गर्नुपर्ने खाँचो उनले औँल्याए । छात्रवृत्तिमा नाम निकाल्न सकेको खण्डमा अभिभावकको ४० लाख रुपैयाँ जोगिने भन्दै यसमा ध्यान दिन उनले जोड दिए ।

अर्को प्रसंगमा डा. कडरियाले विद्यार्थीहरू पनि राजनीतिक रुपमा जागृत हुनुपर्ने बताए । राजनीतिमा लागेपनि नलागेपनि यसलाई बुझ्न भने सबैले पर्ने उनको भनाइ थियो । आफूमा नेतृत्वक्षमता विकास गर्दै अगाडि बढ्नको लागि समेत राजनीतिलाई बुझ्नुपर्ने उनको धारणा थियो । राजनीतिको अवधारणा बुझ्न नसक्दा त्यस्ता व्यक्तिको क्षमताको अरुले फाइदा लिने बताउँदै त्यसतर्फ विद्यार्थीहरू सचेत हुनुपर्ने सुनाए । इतिहास तथा उठाउँदै आएका विषयवस्तुका कारण अनेरास्ववियु विद्यार्थीमाझ लोकप्रिय सङ्गठन बनेको बताए ।

अनेरास्ववियु कास्की अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्की उपाध्यक्ष भेषराज बराल, अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य कृति भट्टराई, एमाले कास्की सचिवालय सदस्य ईमानराज पौडेल, कार्यक्रम संयोजक कुशल बराल, अनेरास्ववियु कास्की सह-सचिव अर्किड पुरी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन अनेरास्ववियु कास्की सचिव रवि क्षेत्रीले गरेका थिए । २०८१ सालको एसइइमा कास्की जिल्लाबाट ६५ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका थिए । ४ जिपिए ल्याउने अधिकांश विद्यार्थी उपस्थित भएको कार्यक्रममा विद्यार्थी सहित अभिभावकलाई समेत सम्मान गरिएको थियो । विभिन्न रचनात्मक र शैक्षिक एजेन्डाका कारण अनेरास्ववियुले विद्यार्थीमाझ सकारात्मक छाप छोड्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0