पोखरा । पोखरा १ पुरानो टुँडिखेलस्थित इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ ले पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेदवार दिएका केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीलाई विजयी गराउन एक अपिल जारी गरेको छ । यही भदौ २० र २१ गते हुने महाधिवेशनका लागि केन्द्रका अध्यक्ष अधिकारीले खुला सदस्य पदमा उम्मेदवारी दिएका छन्।

विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहेका अधिकारी पोखरा–१, हरिचोकस्थित अस्ताम अधिकारी गिफ्ट एन्ड किचनका सञ्चालकसमेत हुन् । व्यवसायीका समस्या, चुनौती र आवश्यकतालाई नजिकबाट बुझेका अनुभवी व्यवसायी तथा सामाजिक व्यक्तित्वका रुपमा परिचित अधिकारीलाई मत दिएर विजय गराउन अपील मार्फत अनुरोध गरिएको छ।

सामाजिक सेवा, व्यवसाय तथा विभिन्न संघ–संस्थामार्फत अधिकारीले पुर्‍याउँदै आएको योगदानलाई आधार बनाउँदै उनलाई खुला सदस्य पदमा निर्वाचित गराउन व्यवसायीहरूसँग केन्द्रले आग्रह गरेको छ ।  व्यवसायीको हकहितका पक्षमा आवाज उठाउन सक्ने, सक्षम तथा इमानदार नेतृत्व आवश्यक रहेको भन्दै अधिकारीलाई समर्थन गर्न अपिल गरिएको हो।

उम्मेदवारी दिएका अधिकारीले व्यवसायीका समस्या र आवश्यकतालाई संघमार्फत सम्बन्धित निकायसम्म पुर्‍ याउने, व्यवसायमैत्री वातावरण निर्माणमा पहल गर्ने तथा पोखराको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महाधिवेशनमा खुला सदस्य पदका उम्मेदवार अधिकारीको निर्वाचन क्रम संख्या ८ रहेको छ । उनलाई अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रह गर्दै व्यवसायीको हकहित, व्यवसायमैत्री वातावरण र समृद्ध पोखराका लागि क्रम संख्या ८ मा मतदान गर्न अपिल गरिएको छ। अधिकारीको उम्मेदवारीलाई समर्थन गर्दै जारी गरिएको अपिलमा व्यवसायी, उद्योगी तथा शुभेच्छुकहरुबाट साथ, सहयोग र समर्थनको अपेक्षा गरिएको छ । महाधिवेशनमार्फत संघको नयाँ नेतृत्व चयन हुँदैछ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0