पोखरा । पानस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको १४औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित सहकारी कार्यालय अगाडि शनिबार सञ्चालन गरिएको शिविरमा १ सय १० जना सर्वसाधारण लाभान्वित भएका छन् ।

सहकारीका अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष इन्द्रमान चौहानले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीले बचत तथा ऋणको क्षेत्रमा मात्र नभई सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य जस्ता जनहितका कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताए। कार्यक्रममा वडा नं. ८ का जनप्रतिनिधि पवित्रा केसी ले शुभकामना व्यक्त गर्दै समुदायस्तरमा यस्ता स्वास्थ्य सेवा प्रभावकारी हुने बताइन् ।

शिविरको आयोजना पानस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले गरेको थियो भने प्राविधिक सहयोग गण्डकी मेडिकल कलेज ले गरेको थियो । कार्यक्रम संयोजक गुणाखर अर्याल रहेका थिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष इन्द्रमान चौहान, सचिव डुक प्रसाद काफ्ले तथा प्रबन्धक धनिन्द्र गुरुङको सहभागिता रहेको थियो।

शिविरमा नाक, कान तथा घाँटी, हाडजोर्नी, मेडिसिन, दाँत, सुगर, प्रेसर लगायत विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको थियो। गण्डकी मेडिकल कलेज का संयोजक सागर पौडेलको समन्वयमा हिमान्शु अर्यालसहितको टोली सहभागी भएको थियो।

शिविरमा डा. आमोद सुवेदी, डा. प्रजोल श्रेष्ठ, डा. दिक्ष्या पराजुली, डा. उषा थापा, डा. अभा पाण्डे तथा डा. कुसुम रोकाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए। त्यसैगरी नर्स अश्मिता बश्याल र फार्मासिस्ट प्रशान्त चापागाईंले सेवा प्रवाहमा सहजीकरण गरेका थिए।

सहकारीले वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै आयोजना गरेको शिविरबाट स्थानीयवासीले सहज रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0