पोखरा । पोखराको नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माविका कक्षा १२ अन्तर्गत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका विद्यार्थीलाई शुक्रवार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि बिदाई कार्यक्रम आयोजना गरिएको हो ।

कक्षा ११ का विद्यार्थी र  विद्यालयको  संयोजनमा भएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्गले उद्‌घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै प्रधानाङ्गले विद्यार्थी बिदाई भएर गए पनि उनीहरू विद्यालयको हिस्सा भएको बताए । उनले आगामी दिनहरूमा  पनि विद्यार्थीहरूसँग सहकार्य गर्ने बताउँदै उज्ज्वल भविष्यको कामना गरे ।

विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले  म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट दुबै व्यवहारिक विषय भएकोले यसैको जगमा उभिएर स्वरोजगार बन्न सक्ने शैक्षिक मार्ग रोज्नु पर्ने सुझाव दिए। विद्यालयका इसिए निर्देशक तेज बहादुर गुरुङले विद्यार्थीले गरेको  सामाजिक काम र अतिरिक्त क्रियाकलापमा देखाएको उर्जा र हात पारेको उपलब्धीले विद्यालयलाई ठुलो योगदान पुगेको बताए ।

शिक्षक ऋषि खतिवडाले आगामी दिनमा अझै मेहनतका साथ अध्ययन गरेमा मात्र सफलता हात पर्ने भएकोले विद्यार्थीले पढाईमा जोड दिनुपर्ने बताए । कक्षा १२ का विद्यार्थी  शान्ति गुरुङले  भविष्य उज्ज्वल बनाउनका लागि अग्रजले देखाएको बाटोले आगामी पुस्तालाई सहज हुने बताइन् ।

बिदाई कार्यक्रममा विद्यालयका अध्यक्ष प्रधानाङ्ग, प्राचार्य श्रेष्ठ, अतिरिक्त क्रियाकलाप निर्देशक गुरुङ, पूर्व अध्यक्ष चिजकाजी गुरुङ, प्रोमोटर तथा प्रशासक चित्र गुरुङ र गिरि प्रसाद गुरुङ, सोसल सर्भिस क्लबका उपाध्यक्ष राजन तामाङ, शैक्षिक संयोजक गोविन्द सुवेदी विद्यार्थीहरू प्रति पाइजासोनी गिरी लगायतले विद्यार्थीलाई बिदाई गरेका थिए ।

उक्त अवसरमा कक्षा ११ र १२  का विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन पनि प्रदान गरेका थिए भने, शैक्षिक सत्रमा बिभिन्न विधामा उत्कृष्ट हुनेहरूलाई अवार्डले सम्मान गरिएको थियो ।

माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र माउंटेनियरिङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ। यो गण्डकी प्रदेशकै निजी स्तरबाट सञ्चालित पहिलो विद्यालय हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0