पोखरा । गीतकार डा. रमिल अधिकारीले पोखरा-२८, माझठानास्थित रत्नशोभा माविका विद्यार्थीका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।

गीतकार प्रतिष्ठान, नेपालको समन्वयमा डा। अधिकारीले आफ्ना छोरा अंश अधिकारीको जन्मदिनको अवसर पारेर सोमवार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि ११ हजार १११ रुपियाँ प्रदान गरेका हुन् । विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ३० रुपियाँमा खाना खुवाइएको समाचारबाट प्रभावित भएर आफूले छोराको जन्मदिनमा नगद हस्तान्तरण गरेको डा. अधिकारीले बताए । डा. अधिकारी हाल न्युजिल्यान्डमा रही चिकित्सा क्षेत्रमा कार्य गर्दै आएका छन् ।

गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा यस्ता पवित्र कार्यमा सहयोग गर्नु प्रभावकारी हुने बताए । अनावश्यक तडकभडकलाई त्यागेर रचनात्मक कार्य गर्नेतर्फ लाग्ने संस्कार स्थापित गर्नेतर्फ प्रतिष्ठान लागिरहेको अधिकारीले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेललाई रकम हस्तान्तरण गरिएको थियो । प्रधानाध्यापक पौडेलले विद्यार्थीका लागि गरिएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा मादी भगवती ल फर्मका सञ्चालक बुद्धिप्रसाद सुवेदी र विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि पूर्णबहादुर खत्रीले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक ऋषिराम रानाभाटले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0