पोखरा । पोखरामा यही मंसिर १३ गते छैटौँ योःमरी महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नं। ४ को आयोजना र नेवा मिसा पुचः कास्कीको आह्वान र पोखरा ४ मा रहेको मिसा पुचःहरूको सहकार्यमा महोत्सव हुन लागेको हो ।

आयोजक पोखरा महानगरपालिका वडा नं। ४ ले बुधबार पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । कला संस्कृतिको संरक्षण एवं आन्तरिक पर्यटनको प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको पोखरा ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । गणेशटोलस्थित गणेशमन्दिर परिसरमा हुने महोत्सवमा योःमरी प्रतियोगितासँगै लक्ष्य ब्याण्डको लाइभ कन्सर्ट र विद्यार्थीहरूको नृत्य प्रतियोगिता हुने छ ।

शनिबार बिहान ११ बजेबाट सुरु हुने छ । त्यसअघि पोखरा ४ पुरानो वडाकार्यालयबाट झाँकी र्‍याली निकालिने छ । उक्त र्‍याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्ण टोल हुँदै पुनः महोत्सवस्थलमा आएर समापन हुने छ ।

योःमरी प्रतियोगताका लागि हालसम्म २१ समुहले नाम दर्ता गराइसकेको अध्यक्ष पराजुलीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने समुहले नगद रु १५ हजार, द्वित्तीय हुने समुहले नगद रु  १० हजार, तृतीय हुने समुहले नगद रु ५ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सान्त्वना हुने समुहलाई नगद रु ३ हजार र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा सहभागी सबै समूहलाई नगद रु १५ सय प्रदान गरिने छ । प्रभातफेरी कार्यक्रममा सहभागी हुनेमध्ये प्रथम द्वितीय र तृतीय हुने आमा समुह, टोल विकास संस्थालाई क्रमशः नगद रु ७ हजार, ५ हजार र ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले योःमरी महोत्सवले संस्कृति संरक्षणसँगै महिलाहरुलाई व्यावसायिक बनाउन सहयोग गरेको बताए । महोत्सवलाई आगामी वर्षहरूमा पनि थप व्यवस्थित बनाएर निरन्तरता दिदै लैजाने उनको भनाई छ ।  महोत्सवकै कारण योःमरीको माग समेत बढ्दै गएको पालिखेले बताए ।

विशेषगरी जाडो महिनामा योःमरी खाइन्छ । नेपाल भाषामा योः मरीको अर्थ मिठो रोटी भन्ने हुन्छ ।  नेवा मिसाः पुचः कास्कीकी अध्यक्ष सङ्गीता बज्राचार्यले योःमरी चामलको पिठोमा तील, चाकु, मास राखेर बनाउने प्रचलन भएपनि अहिले आवश्यकताअनुसार खुवा, चकलेट, मासुलगायत सामाग्री राखेर समेत योःमरी बनाउन थालिएको बताइन्

योःमरीको सांस्कृतिक धार्मिक तथा वैज्ञानिक महत्व रहेको छ । पोखरा ४ मा गतवर्ष पनि योःमरी महोत्सव भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0