पोखरा । मुटु नै कमाउने हिउँदको चिसो । त्यसमाथि ज्यान नै लुगलुग कमाउने फेवातालको चिसो सिरेटो । चिसो चिसो मौसममा तन र मनलाई कसरी तताउने ? जो कोहीलाई पनि रहर लाग्छ । हो, यही रहर पुरा गर्ने अवसर जुटाउँदैछ लेकसाइडको ३६० स्काई लाउन्जले ।
स्काई लाउन्जले आउँदो ५ गते गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको जोडीलाई तपाई हाम्रो सामु आमन्त्रण गरेको छ । चर्चित युगल जोडी काफ्ले र अधिकारीले विशेष प्रस्तुतिमार्फत पोखरेली गीत सङ्गीतका पारखीहरूलाई भरपुर मनोरञ्जन दिनेछन् । साथमा विभिन्न देशका मिष्ठान परिकारहरूको स्वाद पनि चाख्न पाउनेछन् ।
आयोजकका अनुसार कार्यक्रममा लाइभ म्युजिक, मनोरञ्जन तथा अन्य आकर्षक प्रस्तुति रहने छन् । सो अवसरमा प्रसिद्ध गायक कर्णदासको पनि विशेष प्रस्तुति रहनेछ, जसले समारोहलाई अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
३६० स्काई लाउन्जका सञ्चालक विशाल राज पौडेलले आफ्नो प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवका छोटो समयमै पाएको साथ समर्थन प्रति आभार व्यक्त गर्दै यस वर्षको वार्षिकोत्सवलाई विशेष रूपमा मनाउन लागिएको जानकारी दिए। उनका अनुसार वार्षिकोत्सवका अवसरमा ३६० स्काई लाउन्जले विभिन्न देशका विशेष परिकार पनि प्रस्तुत गर्ने भएको छ । भारतीय, चाइनिज, थाई, कान्टिनेन्टल र स्थानीय फ्युजन डेलिकेसीसहितका विशेष मेनु त्यस दिन उपलब्ध गराइनेछ ।











