पोखरा । पोखरामा यामाहाको चाडपर्व लक्षित ब्लु फेस्ट  शुरु भएको छ । यामाहाको पोखराका लागि आधिकारिक डिलर भिएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले पोखराको सिर्जनाचोकमा मङ्गलबारदेखि नेपालीको महान चाडपर्वहरू तिहार, नेपाल सम्वत् र छठ लक्षित गरेर यामाहाको ब्लु फेस्ट शुरु गरेको हो । भएको ब्लु फेस्ट कार्तिक ३ गतेसम्म हुने जनाईएको छ ।

 ब्लु फेस्टमा ग्राहकले कुनैपनि पुरानो बाइक तथा स्कुटर साटफेर गरेर नयाँ बाइक खरिद गर्न सक्ने जनाइएको छ ।  यामाहा ब्राण्डका बाइक तथा स्कुटरका ग्राहक वर्गहरूको चाहना र मागलाई मध्यनजर गरेर एक्सचेन्जबीच अफर गरिएको भि.ए.डब्लु इन्टरप्राइजेज प्रालिका महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए । एक्सचेन्ज अफरमा ग्राहकले हरेक नयाँ बाइक खरिदमा न्यूनतम ६ हजारदेखि माथि १० लाखसम्म कुपनमार्फत उपहार जित्न सक्ने उनले बताए ।

 उनका अनुसार ग्राहकले बाइक खरिद गर्नुअघि डिजिटल कुपनमार्फत एक लाखसम्म नगद उपहार जित्न सक्नेछन् भने बाइक खरिद पछि डिजिटल कुपनमार्फत नै १० लाखसम्म नगद जित्न सक्नेछन् । त्यस्तै, सोही कुपनबाट ‘विक्ली ड्र’ मार्फत साप्ताहिक रुपमा यामाहाको बाईक जित्न सकिने पनि उनले जानकारी दिए । त्यस्तै, ब्लु फेस्टमा यामाहाको जुनसुकै बाइक साटफेर गर्न आएपनि न्यूनतम ५० हजार भ्यालुएसन हुने उनले बताए । उनका अनुसार ब्लु फेष्टमा पुरानो बाइकको मूल्याङ्कनमा थप १० हजारसम्म अतिरिक्त मूल्याङ्कन ग्राहकहरूले प्राप्त गर्नेछन् । साथै, हेलमेट, लेग गार्ड, फुट म्याट, बाइक कभर र ब्याग जस्ता सामानहरू ग्राहकलाई निःशुल्क प्रदान गरिने उनले जानकारी दिए ।

यामाहाका एरिया सेल्स म्यानेजर प्रदिप सापकोटाले ब्लु फेस्टको अवसरमा विश्वासको साथमा चाबी हातमा भन्ने स्किम लागू गरेको बताए । स्किममार्फत ग्राहकले बिना धितो वा जमानी  बिना बाइक निकाल्न सक्नेछन् ।यामाहाको खरिदकर्तालाई सहज फाइनान्सको सुविधा प्रदान गरिएको बताए । उनका अनुसार पचास प्रतिशत डाउन पेमेन्टमा ७ दशमलव ९९ प्रतिशत ब्याजमा फाइनान्सको सुविधा दिनुका साथै अन्य अवस्थामा ३० प्रतिशत डाउन पेमेन्टमैपनि फाइनान्स गरेर बाइक स्कुटर निकाल्न मिल्ने बताए ।

 एमएडब्लु इन्टरप्राइजेजका चिफ म्यानेजर राम बोगटी, आईएस रिकन्डिसनको प्रोपाइटर अर्जुन सुवेदी, न्यू एरा रिकन्डिसनको प्रोपाइटर अमिर श्रेष्ठ, राम्चे  रिकन्डिसन एण्ड इन्टरप्राइजेजका प्रोपाइटर साजन कुमार, तेजमणि रिकन्डिसनको प्रोपाइटर सुजन रोक्का, एसएसबी  रिकन्डिसनको प्रोपाइटर रविन बराल लगायतले संयुक्त रुपमा ब्लु फेस्टको उद्‌घाटन गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0