पोखरा । सहारा क्लब पोखराको अध्यक्षमा केशव बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् ।  क्लबको १४औं अधिवेशन तथा २७औं साधारणसभाले आगामी दुई वर्षका लागि थापालाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो । थापा यसअघि पनि २०७४ देखि २०७८ सम्म दुई कार्यकाल अध्यक्ष रहिसकेका थिए । 

सुरुमा वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र थापाले दाबी गर्दा अधिवेशन दुई दिनसम्म तन्किए पनि अन्ततः सहमतिमार्फत थापा अध्यक्षमा पुनः दोहोरिएका हुन् । त्यसैगरी पूर्णबहादुर गुरुङ तेस्रो कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा निर्विरोध पुनः चयन भए । उपाध्यक्षमा विनुराना मगर, महासचिवमा गङ्गाराम पौडेल, सचिवमा ज्ञानेन्द्र गुरुङ, कोषाध्यक्षमा लिलबहादुर थापा र सह–कोषाध्यक्षमा विष्णु गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यमा रोजिना गुरुङ, अम्बर राजभण्डारी, विजय गुरुङ, प्रमिला घले, शैलस गुरुङ र ज्योति केसी निर्विरोध चयन भए । निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका रविचन्द्र जमरकट्टेल र बाबुराम अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । सहारा क्लब  खेलकुद र सामाजिक क्षेत्रमा सक्रिय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0