पोखरा । पोखरा ८ सिर्जनाचोक स्थित पानस बचत तथा ऋण सहकारी संस्थाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संस्थाको अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा आश्विन ८ गते बुधबार नागढुङ्गा स्थित दिव्य श्री बैक्युट, बाजेको सेकुवामा साधारण सभा आयोजना भएको हो ।

सल्लाहकार रविन्द्र बरालको प्रमुख आतिथ्यमामा कार्यक्रम भएको थियो । कार्यक्रममा  प्रमुख अतिथि बरालले सहकारी क्षेत्रमा देखापरेका समस्या तथा चुनौती का बारेमा बोल्दै सहकारी सञ्चालनमा सञ्चालक मात्र नभई सम्पूर्ण सदस्यहरू जिम्मेवार रहने बताए । उनले सदस्यहरूको भूमिकाको बारेमा प्रकाश पार्दै संस्थाले समयमा नै साधारण सभा सम्पन्न गरेकोमा सञ्चालक तथा व्यवस्थापन समिति लाई धन्यवाद दिएका थिए । संस्थाका ज्येष्ठ नागरिक दण्डपाणि बराल र विष्णुमाया मगर विशेष अतिथिको रुपमा  रहेका थिए ।

कार्यक्रममा संस्थाका निवर्तमान  अध्यक्ष इन्द्रमान चौहान र उपाध्यक्ष दुर्गा बहादुर थापाले सहकारीको विगत र वर्तमान परिस्थितिको बारेमा प्रकाश पारे । कार्यक्रमको सञ्चालन सचिव डुक प्रसाद काफ्लेले गरेको संस्थाका प्रबन्धक धनेन्द्र गुरुङले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0