पोखरा । सहारा क्लब पोखराले आयोजना गरेको २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपको आय व्यय सार्वजनिक भएको छ । विगतमा भन्दा केही ढिला गरी सार्वजनिक गरेको आय व्यय विवरण अनुसार यस संस्करणमा २४ लाख २२ हजार ७६ रुपैयाँ बचत गर्न सफल भएको छ ।

क्लबका महासचिव रामजी प्रसाद अधिकारीले  विज्ञप्ति मार्फत दिएको जानकारी अनुसार प्रतियोगितामा  १ करोड ३९ लाख ६७ हजार ७ सय ३४ रुपैयाँ आय र  १ करोड १५ लाख ४५ हजार ६ सय ५८ रुपैयाँ खर्च भएको छ । २३औं आहा रारा गोल्डकपमा करिव १८ लाख घाटा व्यहोरेको क्लबले २४औं संस्करणमा भने बचत गर्न सफल भएको हो ।

गत माघ २२ देखि फागुन ३ गते सम्म आयोजित प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरू सम्मिलित सूर्य बहादुर के.सि. स्मृति सहारा फुटबल एकेडेमीको सहयोगार्थ प्रतियोगिताको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0