पोखरा । पोखरामा हास्य कार्यक्रम ‘द लाफ्टर थेरापी’ हुने भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा चर्चित कलाकारको उपस्थितिमा हुने कार्यक्रमलाई भव्य बनाउने तयारी गरिएको छ । चर्चित हास्य कलाकारहरू सहभागी बन्ने यो कार्यक्रम भदौ २१ गते शनिबार साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने छ।
‘द लाफ्टर थेरापी‘ नाम दिइएको कार्यक्रममा स्ट्यान्डप कमेडीयन अर्जुन पोखरेल, सन्तोष तिवारी, रेशम सापकोटा, आयुष घिमिरेले आफ्नो प्रस्तुति राख्नेछन् ।
कार्यक्रम अवलोकनका लागि विद्यार्थीका लागि दुई सय र अन्यका लागि तीन सय शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ। उक्त कार्यक्रमको सञ्चालन जनत अधिकारीले गर्ने छन्। पोखरा पश्चात यस्तै प्रकृतिको कार्यक्रम विराटनगर, चितवन, बुटवल र नेपालगञ्जमा गर्ने योजनासमेत रहेको आयोजकले खुलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
