पोखरा । लेखनाथ उद्योग वाणिज्य सङ्घको २९ औ साधारण सभा एवं १५ औं अधिवेशनका लागि राजेन्द्र ओझा समुहका उम्मेदवार तथा प्रतिवद्धता सार्वजनिक गरिएको छ । सङ्घको अधिवेशन भदौ २० र २१ गते हुँदैछ ।

बिहीबार लेखनाथ पार्टी प्यालेस तालचोकमा पत्रकार सम्मेलनको आयोजना गरेर उम्मेदवार तथा प्रतिवद्धता सार्वजनिक गरिएको हो । प्रतिवद्धता सार्वजनिक गर्दै अध्यक्षका उम्मेदवार राजेन्द्र ओझाले निरन्तरको लगाव र अगाडि सारेका योजनाका कारण बहुसङ्ख्यक उद्योगी तथा व्यवसायीको साथ आफ्नो नेतृत्वको टिमले पाउने विश्वास व्यक्त गरे । उद्योग व्यवसायको बलियो आधार, सक्षम नेतृत्व, खुलापन, नवप्रवर्तन र व्यवसायिक व्यवहार भन्ने मूल नारासहित यो समुह चुनावी मैदानमा होमिएको छ । ओझा समुहबाट बरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी राजु, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धिरज कुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मी प्रसाद ढुङ्गाना ९एलपी० तथा कोषाध्यक्षमा टिकाराम सापकोटाले उम्मेदवारी दिने छन् ।

खुला सदस्यमा घनश्याम ढुङ्गाना, किशोर अधिकारी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भिमप्रसाद सुवेदी ९सन्तोष० उम्मेदवार बन्नेछन् । महिला सदस्यमा लक्ष्मी ठाकुर, सपना सुवेदी तिवारी, एसोसिएट सदस्यमा प्रवेश बञ्जरा र संस्थागत सदस्यमा बिरभद्र कँडेलले उम्मेदवारी दिने निश्चित भएको छ ।

उम्मेदवार तथा प्रतिवद्धता सार्वजनिक घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा हालका बरिष्ठ उपाध्यक्ष समेत रहेका अध्यक्षका प्रत्यासी राजेन्द्र ओझाले “उद्यमी व्यवसायीहरूको एकता, यसैमा सबैको सफलता” भन्ने मूल नारासहित आफू र आफ्नो समुह नेतृत्वमा आउन लागेको बताए । उनले लेखनाथ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा आएपछि नीति नियम र विधिभित्र रहेर पारदर्शी किसिमले काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । ओझाले सामूहिक नेतृत्वको अवधारणासहित प्यानल घोषणा गरिएको बताउँदै प्रविधिमैत्री व्यवसायिक वातावरण निर्माणमा आफ्नो शतप्रतिशत प्रयास रहने प्रतिवद्धता जनाए ।

स्थानीय उत्पादन वृद्धि गर्नुका साथै त्यसका लागि बजार विस्तार र प्रवर्द्धन गर्ने कुरामा लेखनाथ उद्योग वाणिज्य सङ्घको प्राथमिकतामा रहने उनको भनाई छ । यसबाहेक हरेक वर्ष हुने लेखनाथ महोत्सवलाई “एक कार्यकाल एउटा महोत्सव” भन्ने महत्वकाङ्क्षी विशेष योजनाका साथ अगाडि बढाइने उनले खुलाए । महोत्सवमा सदस्य व्यवसायीहरूलाई विशेष प्राथमिकताका साथ सहभागी गराउने बताए । हाल सञ्चालनमा रहेको छुटसम्बन्धी सम्झौताको निरन्तरता सँगै सदस्य व्यवसायीहरूका लागि बिमा, यातायात, शिक्षा, स्वास्थ्य र व्यवसायमा थप छुट थप्ने योजना रहेको बताए ।

स्थापना दिवसमा संस्थापकहरूलाई सम्मान गरिने समेत अध्यक्ष पदका उम्मेदवार ओझाले जानकारी गराएका छन् । ओझा नेतृत्वको समुहले व्यवसाय सह‌योग कक्ष र समस्या समाधानका लागि हेल्थ डेस्क स्थापना, नयाँ र नवप्रवर्तनशील विचारलाई प्रोत्साहन दिन शार्क जस्ता व्यवसायिक प्लेटफर्महरुसँ समन्व गर्ने, महिला र युवा उद्यमीका लागि सीप, तालिम र प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादनको गुणस्तर सुधार, प्याकेजिङ, ब्रान्डिङ र डिजिटल मार्केटिङमा सहयोग, आन्तरिक तथा बाह्य बजार विस्तारका लागि प्रोत्साहन योजना निर्माण, कृषि, पर्यटन र उद्योगको संयुक्त प्रवर्द्धन अभियान, होमस्टे प्रवर्द्धन र पर्यटन पूर्वाधारमा लगानी वातावरण सिर्जना गर्ने तथा डिजिटल वित्तिय शाक्षरता कार्यक्रमः सदस्य व्यवसायीलाई ई(कमर्स, अनलाइन बैंकिङ सम्बन्धी तालिम प्रदान गर्ने लगायतका प्रतिबद्धता जनाएका छन् ।

उम्मेदवार तथा प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष बलराम ढकालले अबको नेतृत्वले उद्योग वाणिज्य संघलाई अगाडि बढाउनका लागि हरेक सदस्य र क्षेत्रबाट साथ र सहयोग गर्ने सबैलाई कदर गर्न सक्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकाको सहयोग र तत्कालीन सांसद विकास कोषको आर्थिक सहयोगमा करिब एक करोडको लगानीमा कृषि उपज खरिद बिक्रि केन्द्र निर्माण गरेको त्यसमा २६ वटा सटरहरु रहेको जनाउँदै त्यहाँ हाटबजारसहित स्टलहरु सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा उनको जोड छ । मादी र रुपा गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको उपज ल्याएर पुनः त्यस केन्द्रमा स्टल सञ्चालन हुनुपर्ने समेत उनको भनाइ थियो ।

यहीं भदौ २० र २१ गते हुने सङ्घको अधिवेशनका लागि २ हजार १९ जना सदस्य मतदाता रहेका छन् । यसपालीको अधिवेशनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुलीले दुई छुट्टाछुट्टै समुह मार्फत नेतृत्वको दावेदारी घोषणा गरेका छन् । दुवै टिम यतिबेला आफ्ना एजेन्डा सहित उद्योगी व्यवसायीसँगको भेटघाटमा व्यस्त रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0