पोखरा । पोखरामा आयोजित ‘मिस कास्की नेपाल २०२५’ को उपाधि रानी थापा मगरले जितेकी छिन्। हेभेनली इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित यस भव्य सौन्दर्य प्रतियोगिताले पोखराका युवतीहरूमा लुकेका प्रतिभा र सौन्दर्यलाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।

 प्रतियोगितामा अंशु गुरुङ प्रथम रनरअप, स्मृति गुरुङ द्वितीय रनरअप र लक्ष्मी थापा तृतीय रनरअप बन्न सफल भए।  भ्युअर्स च्वाइसको उपाधि रोजी बस्नेतले हात पारिन्। हेभेनली इभेन्ट म्यानेजमेन्टका सञ्चालक सफल सुवेदीले सफलतापूर्वक कार्यक्रम सम्पन्न भएकोमा खुसी व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि दर्शन लामाले आयोजक हेभेनली इभेन्ट म्यानेजमेन्टलाई यस्ता प्रतिभा र सौन्दर्य प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै यसले युवतीहरूलाई सशक्तीकरण गर्न मद्दत पुग्ने बताए।

 प्रतियोगितामा निर्णायक मण्डलमा नवदीप इङ्ग्लिस बोर्डिङ स्कुलकी संस्थापक कौशल्या गुरुङ, प्रचारका सञ्चालक तथा मिडिया व्यक्तित्व आशिष पुरी, नर्स तथा सामाजिक अभियन्ता बिजुल श्रेष्ठ र एन.टि.एच.एम.सी कलेजका प्रिन्सिपल प्रकाश रेग्मी रहेका थिए। उनीहरूले प्रतियोगीहरूको प्रतिभा, आत्मविश्वास र प्रस्तुतिलाई सूक्ष्म सँगले मूल्याङ्कन गरेका थिए। 

‘मिस कास्की नेपाल २०२५’ ले पोखराका युवतीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र भविष्यका लागि नयाँ सम्भावनाको ढोका खोल्ने अवसर प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0