पोखरा । नेपाल खेलकुद महासङ्घ गण्डकी प्रदेश कमिटीको अध्यक्षमा बोधराज गिरी चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनबाट गिरीको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति निर्वाचित भएको हो । जस अनुसार उपाध्यक्षमा ईश्वर अधिकारी र रमेश कार्की, सचिवमा माधव क्षेत्री, उप-सचिवमा विकास सुनार र राजन गुरुङ तथा कोषाध्यक्षमा सबी गौचन शेरचन चयन भए ।
कार्यालय सचिवमा रामचन्द्र गिरी रहेका छन् । कार्यसमिति सदस्यमा हरि बरुवाल, कुमार बहादुर क्षेत्री, सिवीन्द्र भण्डारी, देवीका गिरी, लक्की पुन, रोशन छन्त्याल, सुमन विक्रम शाही, नवीन गुरुङ, प्रदीप बहादुर बिक रहेका छन् । यसैगरी दिल बहादुर थापा, काशीनाथ भट्टराई, नर्बु घले, सपना श्रेष्ठ, सर्मिला देवकोटा, लुकु पुन, प्रमिला गिरी, धनराज गुरुङ, सुजन क्षेत्री, भुमेश्वर भुसाल, सेत बहादुर पुन र माया क्षेत्री सदस्यमा चयन भए । कुल ३५ सदस्यीय समितिमा बाँकी सदस्य पछि मनोनित गरिने बताइएको छ ।
नेकपा एमालेको जन सङ्गठनको रुपमा रहेको महासङ्घ गण्डकीकाे महाअधिवेशनको उद्घाटन नेकपा एमालेका उप महासचिव समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए ।
