पोखरा । पोखरामा डायमन्ड (हिरा) का गहनाको मेला हुने भएको छ । कञ्चन क्यापिटलको आयोजनामा भदौ १२ देखि १९ गतेसम्म क्रिस कञ्चन ज्वेलरी मोहोरिया टोलमा मेला हुने भएको हो ।

पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा मेला हुन लागेको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए । सोही अवसरमा क्रिस कञ्चन ज्वेलरीमा डायमन्डको सोरुम पनि उद्‌घाटन गरिने अध्यक्ष गुभाजूले जानकारी दिए ।

मेलामा डायमन्ड खरिदमा विशेष छुट दिइने उनले बताए । मेला बिहान १० बजेदेखि सुरु भएर साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलामा हिराबाट बनेका फूल, औँठी, हार, टप, झुम्का लगायतका गहनाहरू राखिने उनले सुनाए । ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमन्ड मेला आयोजना गर्दै आएका छौँ, उनले भने, ‘यो मेलाबाट डायमन्डको विशेषताको बारेमा जानकारी गराउँदै डायमन्ड खरिदमा विशेष छुटको व्यवस्था गरेका छौँ । यो पटक हामीले पोखरामै सोरुमको पनि शुभारम्भ गर्दैछौँ ।’

तिज तथा डायमन्डको सोरुम उद्घाटनका अवसरमा कञ्चन क्यापिटल अन्तर्गतका सबै शाखाहरूमा सुनचाँदीका गरगहनामा पनि विशेष छुट प्रदान गरिने अध्यक्ष गुभाजूले जानकारी दिए ।

हिराका गहना काठमाडौंमा बढि प्रचलनमा रहेकाले पोखरामा पनि डायमन्डको गहना उपलब्ध गराउन कञ्चन क्यापिटल लागिपरिरहेको उनले बताए । पोखरामा डायमन्डको सोरुम थिएन । सबै काठमाडौँ जान्थे,’ उनले भने, त्यसैले यताको ग्राहकलाई पोखरामै सुविधा दिउँ भन्ने उद्देश्यले सोरुम स्थापना गरेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0