पोखरा ।  सातौँ संस्करणको मिस मगर नेपाल २०२४ मा ११ जना प्रतिस्पर्धी फाइनल चरणमा प्रवेश गरेका छन् । प्रतियोगितामा भाग लिएका २० जना प्रतिस्पर्धीहरू मध्ये उनीहरु फाइनल चरणमा पुग्न सफल भएका हुन् ।

फाइनल चरणमा पुग्नेमा रामेछापका दिपिका आले मगर र सरिता थापामगर, म्याग्दीका आशिका गर्बुजा मगर, कृष्टिना पुन मगर र नरिशा पुन मगर, बागलुङकी अनुजा पुन मगर, स्याङ्जाकी माया दर्लामी मगर, महोत्तरीका रश्मि आले मगर र जानकी राजकोटी मगर, रोल्पाकी अस्मिता बुढा मगर र काठमाडौंकी जेरुशा सारु मगर रहेको प्रतियोगिताको टिम संयोजक प्रियङ्का गर्बुजा मगरले जानकारी दिइन् ।

छनोट भएका ११ जना प्रतिस्पर्धीहरूले निखारता थप्न यतिबेला विभिन्न तालिममा सहभागी बनिरहेको टिम संयोजक गर्बुजा मगरले खुलाइन् । प्रतिस्पर्धीहरूलाई कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले भाषा, कला र संस्कृतिको प्रशिक्षण दिइरहेका छन् ।

मिस मगरका प्रतिस्पर्धीहरूलाई मातृभाषाको तालिमसँगै नेतृत्व विकास वेशभूषा, कला र संस्कृति लगायतका विभिन्न तालिमहरू समेत प्रदान गर्दै आएको आयोजकले जनाएको छ । मिस मगर नेपालको सातौँ संस्करणको उपाधिको लागि अन्तिम प्रतिष्पर्धा भदौ २२ गते होटल पोखरा ग्राण्डमा भव्य कार्यक्रमबीच हुने मिस मगर नेपालका कार्यक्रम निर्देशक सुरज थापामगरले जानकारी दिए। कार्यक्रमको तयारी तिव्र पारिएको उनको भनाइ छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0