पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल स्थगित भएको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको खेलमा चौथो सेटको खेल सुरु हुने समयमा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो ।
पहिलो सेट पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको सुनिल भलिबल क्लबले तेस्रो सेट १८–२५ ले आर्मीलाई सुम्पिएको थियो । त्यसपछि खेल स्थगित भएको हो । अब आर्मी र सुनिल भलिबल क्लबबीचको खेल बिहीबार हुनेछ । यसअघि स्थगित भएको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबीचको खेल पनि भोलि हुने तालिका छ ।
यसअघि भएको खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ३–२ सेटले पराजित हुँदै सशस्त्र प्रहरी बल एपीएफ प्रतियोगिताबाट बाहिरिएको थियो । महिलातर्फ भएको खेलमा एपीएफ र ट्राभल इन्क्वायरी प्यासन भलिबल क्लब थाइल्यान्डले जित निकालेका थिए । पहिलो खेलमा ट्राभल इन्क्वायरीले आर्मीलाई ३–० र एपीएफले आयोजक टाइगर ग्रुपलाई ३–० को सेटमा पराजित थियो ।
