पोखरा । ‘पोखरामा घाम लाग्यो घमाइलो’ गीतको चर्चा बढ्दै गएको छ । केही दिन अगाडि रिलिज भएको यस गीतले दर्शक श्रोताका माया पाउन सफल भएको हो । लोक दोहोरी क्षेत्रमा स्थापित बनिसकेका जीवन दाहाल र राजन कार्कीको सहकार्यमा यो गीत तयार भएको छ ।
दाहाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका नेपालका सचिव हुन् भने कार्की प्रदेश समिति गण्डकीका अध्यक्ष । यो गीत उनीहरूले सहकार्य गरेको दोस्रो गीत हो । उनीहरूको सहकार्यमा यस अगाडि ‘म त हजुर हङ्कङको लाहुरे’ गीत दर्शक श्रोता माझ ल्याइएको थियो । जसलाई दर्शकले श्रोताको माया प्राप्त भयो । नयाँ गीतबाट समेत दर्शकको माया प्राप्त हुन थालेपछी उनीहरु उत्साहित भएका छन् । दुवै जनासँग गीत सङ्गीत क्षेत्रको लामो अनुभव छ ।
कार्कीको शब्द र सङ्गीत रहेको गीतमा आवाज भर्न यी दुई जनालाई शान्ता रानी परियारले साथ दिएकी छन् । याम थापाले एरेन्ज गरेको गीतको भिडियो समेत सुन्दर बनेको छ । भिडियोमा जीवन दाहाल, राजन कार्की, सङ्गीता क्षेत्री, सपना क्षेत्री, मौसुफ क्षेत्री, वर्षा क्षेत्री, राजन सुवेदी, आरुषी कार्की, जीनेश दाहाल लगायतले अभिनय गरेका छन् ।
मनोहर भण्डारीको निर्देशन र अमृत चापागाईँको सम्पादनमा तयार भएको भिडियोको कन्सेप्ट गायक कार्कीको हो । नृत्यमा अनुषा अधिकारी, सिलसिला बराल, एन्जल सिलवाल, जिज्ञासा अधिकारी, सलिना गिरी र रिया गिरीले साथ दिएका छन् । गीत राजन कार्की युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।
भिडियो