पोखरा । लप्सन गुरुङको दुई गीत ‘तिम्रो मनमा छ की छैन’ र ‘भ्रसी भ्रसी’को छायाङ्कन कास्कीको सुन्दर गाउँ घान्द्रुकमा हुने भएको छ । दुवै गीत जसमाया गुरुङ जसुको निर्देशनमा तयार हुन लागेको हो । छाँयाङ्कनको लागि टिम घान्द्रुक पुगेको छ ।
‘तिम्रो मनमा छ की छैन’ गीतमा कृष्ण कुमार गुरुङ र मन देवी गुरुङले आवाज भरेका छन् । गीतको भिडियोमा कलाकारहरू निसान गुरुङ, स्नेह गुरुङ र डिबी माया विश्वकर्माको अभिनय हेर्न पाइनेछ ।
‘भ्रसी भ्रसि’ गुरुङ गीत हो । सरुन गुरुङले स्वर दिएको गीतमा लप्सन गुरुङको सङ्गीत र शब्द रहेको छ । भिडियोमा पुष्कल गुरुङ र कृष्टी गुरुङको अभिनय रहनेछ । राजकुमार गुरुङको श्रृंगार, नेत्र गुरुङको सम्पादन, प्रकाश गुरुङ काशको छाँयाङकनमा भिडियो तयार हुनेछ ।
घान्द्रुक गाउँको पर्यटन प्रर्वद्धनलाई ध्यान दिएर निर्माण गरिने प्रेमील गीतले दर्शकको माया पाउने मात्र नभएर गाउँको प्रचार प्रसारमा थप टेवा पुग्ने अपेक्षा आफूहरूको रहेको निर्देशक गुरुङले बताइन् ।