काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू अङ्ग्रेज़ी र नेपाली दुवै भाषामा सोध्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई उक्त निर्णयबारे सोमबार पत्र मार्फत जानकारी गराएको छ । पत्रमा पहिलो चरणमा शिक्षा शास्त्र सङ्काय, मानविकी सङ्काय, व्यवस्थापन सङ्काय र कानुन सङ्कायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने भनिएको छ ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको गत चैत्र १५ गतेको बसेको बैठकबाट गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1